काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान (एनएभीटी) र नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (एनएडीए) का प्रतिनिधिहरूबीच नेपालको अटोमोवाइल क्षेत्रमा कुशल श्रमिक र रोजगारीको बढ्दो माग पूरा गर्न तीन वटा क्षेत्रमा पारस्परिक सहकार्य गर्ने सहमति भएको छ ।
उक्त सहमति अनुसार :
१.त्यसका लागि आवश्यक पाठ्यक्रम निर्माण, तालिम कार्यक्रम, र रोजगारीका लागि अवसरहरु सृजनागरी आवश्यक सुधार समेत गर्ने ।
२. दुवै संस्थाहरूले नेपालको अटोमोबाइल उद्योगहरूको वृद्धिका लागि नवीनतम अध्ययन अनुसन्धानलाई अघि बढाउने ।
३. यस्तो पारस्परिक सहकार्य मार्फत उद्योगको आवश्यकताहरू र कर्मचारीहरूको क्षमता बीचको खाडल पूरा गर्ने ।
४.लेबल एक बाट तालिमको सुरुआत गर्ने र क्रमशः लेवेल दुईमा जाने ।
५. आवश्यकता अनुसार पाठ्यक्रम बनाउने र त्यसका लागि आवश्यक ओरिएण्टेशन दिलाउने ।
६. तालिम र पाठ्यक्रम निर्माणका लागि एनएभीटीले एनएडिएसँग सहमतीगरी (एमओयु) अघि बढने ।
उक्त छलफलमा नाडाकातर्फबाट अध्यक्ष करणकुमार चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठ र महासचिव सुरेन्द्रकुमार उप्रेती समेतको उपस्थित थियो । दुई निकायहरू बीच भएको यस्तो ऐतिहासिक पारस्परिक सहमतिले अटोमोबाइल क्षेत्रमा योग्य र सक्षम श्रमिकहरूको आपूर्तिमा निरन्तरता र सहजता आउने अपेक्षा समेत राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया