टाटाले नेपाली बजारमा ल्यायो ‘नेक्सन केथ्री इभी’, यस्तो छ विशेषता र मूल्य

लोकपथ
161
Shares

काठमाडौं । भारतको अग्रणी विद्धुतीय गाडी निर्माता टाटा मोटर्सले आफ्नो चर्चित नेक्सन ब्राण्डको नयाँ संस्करण ‘नेक्सन केथ्री इभी’को नेपाली बजारमा बुकिङ्ग खुल्ला गरेको छ ।

टाटाको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आइतबार गैरीधारामा आयोजित एक समारोहकाबीच ४५ किलोवाट ब्याट्री क्षमताको नयाँ नेक्सनको डिजाइन सार्वजनिक गरेसँगै बिक्रीका लागि बुकिङ्ग खुल्ला गरेको हो ।

कम्पनीका अनुसार नयाँ ४५ किलोवाट ब्याट्री क्षमता भएको यस सीयुभी (क्रसओभर युटिलिटी भेहिकल) नवीन प्रविधि, आकर्षक डिजाइन, उच्च कार्यकौशलता एवं अत्याधुनिक आरामदायी सुविधाहरुले सम्पन्न रहेको कम्पनीको दाबी रहेको छ ।

नेक्सन केथ्री. इभीको सुरुवाती मूल्य ४८.९९ लाख रुपैयाँ रहेको छ । साथै, सुरुवाती अफरमा ग्राहकहरुलाई ७.२ किलोवाटको एसी फास्ट चार्जर गाडीसँगै निःशुल्क उपलब्ध गराइनेछ ।

कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, ‘सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सबीचको सहकार्यमा पहिलो पटक विद्धुतीय गाडी नेक्सन इभी प्राइम २०२१ मा नेपालमा बिक्रीवितरण सुरु गरिएको थियो । यसलाई नेपाली ग्राहकहरुले अत्यधिक रुपमा मनपराई दिनुभयो। ग्राहकहरुको त्यहीँ विश्वासलाई आत्मसाथ गर्दै हामीले नेपालको इभी इको सिस्टममा लगानी गर्यौं । अहिले हामी गर्वका साथ भन्न सक्छौ कि सिप्रदीले नेपालको सबैभन्दा ठूलो इभी इको सिस्टम, जसमा १८५ भन्दा बढी चार्जिङ स्टेशन, १६ भन्दा बढी सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको छ। र आजबाट बुकिङ्ग सुरु भएको नेक्सन केथ्री.इभीको बिक्रिसँगै, बिक्रिपश्चात्को सेवालाई पनि उत्तिकै ध्यान राख्ने छौँ ।’

टाटा प्यासेन्जर अन्तर्गतको इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खँडेलवालले नेपालभर ३ हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुको साथ नेक्सन केथ्री.ईभीले नेपालमा आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको दाबी गरे ।

‘नेपालभर ३,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरूको साथ नेक्सन केथ्री.इभीले नेपाली बजारमा आफ्नो विशिष्ट छवि बनाइसकेको छ । हामीले नेपाली ग्राहकहरूको यो माया एवं विश्वासको कदर स्वरुप आज नेक्सन केथ्री।इभीको बुकिङ्ग सुरु गरेका छौँ र प्रविधि, डिजाइन, आराम एवं सुरक्षाको नयाँ मानक स्थापित गरेको यस गाडीले ग्राहकहरुको यात्रा अनुभवलाई नयाँ उचाईमा पुर्याउने विश्वास समेत लिएका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?