काठमाडौं । प्रतिनिधि सभा बैठक बहिस्कार गरेर बाहिरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु पुन संसद् भवन प्रवेश गरेका छन् ।
आजबाट सुरु भएको संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा रास्वपाका सांसदहरुले सुरुमै विरोध जनाएका थिए ।
उनीहरुले आफूहले पहिले धारणा राख्न पाउनुपर्ने माग राखे । तर सभामुख देवराज घिमिरेले दलीय आधारमा मात्रै बोल्न दिने अडान राखे । सभामुखले निरन्तर संसद्को कारबाहीलाई अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । तर सांसदहरुले निरन्तर विरोध गरेपछि सभामुख घिमिरे कार्यसूची अनुसार अघि बढेका थिए ।
त्यसपछि रास्वपाका सांसदहरु बाहिरिएका थिए । तर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गरिरहँदा सांसदहरु आ–आफ्नो आशनमा आएर बसेका हुन् ।
यो पनि…
संसद् बैठक बहिस्कार गरेर हिँडे रास्वपाका सांसदहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया