मिशलिन टायरको दुई वटा मोडेल अब विशेष छुटसहित दराजमा उपलब्ध

लोकपथ
21
Shares

काठमाडौं ।  सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध गराएको छ । 

सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो  । मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ ।

अब ग्राहकहरूले छिटो छरितो र सहज रूपमा मिशलिन सिराक स्ट्रिट टिएल (११०/९०–१८ ६१ पी) र मिशलिन सिटी प्रो टिटी (९०/९०–१९ ५२ पी) टायर खरिद गर्न सक्ने छन् । पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो  । जसअनुसार, पहिले ११,५९९ मूल्य पर्ने मिशलिन सिराक स्ट्रिट टिएल ९, ९९९ मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् ।   

यस्तै, मिशलिन सिटी प्रो टिटी ७,६९९मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित ५, ५५५ मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ ।यसबाट ग्राहकहरूलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ ।

अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरू पनि दराजमा उपलब्ध गराउने छ । जसले गर्दा ग्राहकहरुले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?