पोखराको शिवचोकमा खुल्यो कजारियाको शोरुम, गुणस्तरका उत्पादन र सेवा प्रदान गर्ने

लोकपथ
84
Shares

काठमाडौं । टायल उत्पादक कम्पनी कजारियाले पोखराको शिवचोकमा पनि नयाँ शोरुम खोलेको छ ।  धौलाश्री सप्लायर्सले आइतबार उक्त शोरुमको उद्घाटन गरेको हो  ।

 उद्घाटन समारोहमा स्थानीय, व्यवसायीहरूलगायतको उपस्थिति थियो । सो अवसरमा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष गोकर्ण कार्कीले  पोखराको बढ्दो निर्माण उद्योगको विकासमा टेवा पुर्‍याउने नयाँ उद्यमको महत्त्वलाई उजागर गरे । कार्यक्रममा बोल्दै कजरियाका निर्देशक हिमांशु अग्रवालले नयाँ शोरुमको बारेमा उत्साह व्यक्त गरे ।

उनले भने, ‘पोखरा प्रिमियम बजार हो, यहाँ कजारिया टाइल्सको माग सधैँ उच्च रहँदै आएको छ । पोखराका जनताले कजारियालाई निरन्तर माया र विश्वास गर्दै आएका छन्, त्यसैले हामीले उनीहरूलाई उत्कृष्ट कजरिया टाइल्समा सहज पहुँच सुनिश्चित गरेका छौँ ।’

मनमोहक प्राकृतिक सुन्दरता र जीवन्त पर्यटन उद्योगका लागि परिचित पोखरा नेपालको सबैभन्दा तीव्र गतिमा विकास भइरहेको सहरमध्ये एक हो ।

यसको सुन्दर तालहरू, आकर्षक पहाडहरू र विस्तारित पूर्वाधारको साथले गर्दा शहर प्रिमियम रियल इस्टेट र निर्माण परियोजनाहरूको लागि एक हब बनेको छ ।

कजारियाको उपस्थितिले घरधनी, आर्किटेक्ट र ठेकेदारहरूलाई विश्वस्तरीय टाइलहरू प्रदान गरेर यी विकासहरूलाई समर्थन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।

गुणस्तर र नवप्रवर्तन प्रति कजरियाको प्रतिबद्धताले पोखरामा निर्माण सामग्रीको बढ्दो मागलाई पूरा गर्ने मात्र नभई यस क्षेत्रमा आर्किटेक्चरल उत्कृष्टताका लागि नयाँ मापदण्ड पनि स्थापित गर्ने कम्पनीले जनाएको छ ।

प्रिमियम टायल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिने बताइएको छ ।

रमेश कर्प र भारतको अग्रणी टाइल उत्पादक कजरिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५.२ लाख वर्गमिटर टाइल उत्पादन गर्नेछ ।

यो ४ अर्ब रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टायल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौँ रोजगारीका अवसरहरू प्रदान गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?