३ जना मृत अवस्थामा फेला

लोकपथ
245
Shares

काठमाडौं । देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।

हुम्ला, सिमकोट गाउँपालिका–५ स्थित सडक छेउमा सोही गाउँपालिका–४ स्याम्ने बस्ने ४४ वर्षीय माधब महत सोमबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१ स्वर्गलोक बस्ने लिलामणी पौडेलको घरको बार्दली मुनी मनहरी गाउँपालिका–३ हाडीखोला घर भएकी ३७ वर्षीया सिता ब्लोन सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

त्यस्तै पर्वतको जलजला गाउँपालिका–८ खनियाँघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

छुट्टाछुट्टै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?