भन्सार छली ल्याएको सामानसहित एक जना प्रहरीको नियन्त्रणमा

लोकपथ
105
Shares

काठमाडौं । विराटनगरबाट भन्सार छली ल्याएको लत्ताकपडासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको विराटनगर महानगरपालिका–१५ का मसुदन खातुनको घरमा जोगबनीबाट भन्सार छली चोरी पौठागरी समानहरू लुकाइ राखेको भन्ने सूचनाको आधार प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

खातुनको घर तलासी गर्दा प्रहरीले प्लाष्टिको बोरामा ३ हजार ६५०जोर मोजा, टाउजर,४६ थान र सुइटर २४ थान गरी लगभग १ लाख २६  हजार २०० बराबरको सामान  बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?