जाडोमा बालबालिकाका सुरक्षा : डाक्टरको नजरमा यस्ता छन् समस्या र समाधान

जाडो सुरु भएसँगै बालबालिकामा भाइरल रोगको जोखिम उच्च

काठमाडौं । मौसम परिवर्तनसँगै बालबालिकाहरूमा भाइरल रोगहरूको समस्या अत्यधिक देखिने गर्छ । जाडो मौसम सुरु भएसँगै बालबालिकाहरूमा भाइरल फ्लुको समस्या देखिन थालिसकेको छ । मौसमी फ्लुमा सामान्यतया घरेलु उपायबाट उपचार गर्न सकिन्छ तर कतिपय अवस्थामा भने बाल विशेषज्ञसँग सल्लाह नै लिनुपर्ने हुन्छ ।

जाडो मौसममा बालबालिकामा कस्ता समस्या बढी देखिन्छन् रु र, यसको उपचार कसरी गर्ने भन्ने बारे हामीले ईशान बाल तथा महिला अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सकआरपी चौधरीसँग कुराकानी गरेका छौँ ।

जाडो मौसममा देखिने रोगहरू

भाइरलको समस्या
जाडो मौसममा सामान्यतया धेरै बालबालिकामा देखिने समस्या भनेको भाइरल हो । भाइरल रोगहरू सामान्य हुन् । यस्ता रोगहरूलाई हामीले घरमा नै ठिक गर्न सक्छौँ । भाइरलको पहिचान भएमा घरमा नै हेरचाह गरेर निको बनाउन सकिन्छ । यस्ता रोगहरू भनेको सेल्फ रिकभरी हुने कुरा हो । यसका लागि अस्पताल नै गइहाल्नु पर्छ भन्ने हुँदैन । सामान्यतया भाइरलमा रुघाखोकी, ज्वरो, पखाला, घाँटी दुख्ने, निमोनिया र छाला सुख्खा हुने जस्ता समस्या देखिन्छन् । तर, यही समस्या जटिल बन्न पनि सक्छ यस्तो अवस्थामा भने चिकित्सकको सल्लाह लिनै पर्ने हुन्छ ।

नवजात शिशुहरूमा भने यस्ता समस्याहरू धेरै देखिने गर्छन् । भाइरलमा बच्चाहरूमा रुघाखोकीको साथसाथै स्वासप्रस्वास सम्बन्धी समस्या देखिन सक्छ । जस्तोस् दम, नाक बन्द हुने जस्ता समस्या पनि हुने गर्छ । नवजात शिशुलाई घरमा प्रयोग गरिने आगो हिटरबाट पनि यस्ता समस्या हुन सक्छन् । आगो हिटरको प्रयोग गर्दा अक्सिजनको मात्रा कमी हुन गई बच्चाहरूमा समस्या निम्तिन सक्छ । त्यसैले, यस्ता चिजहरूको प्रयोग सीमित मात्रामा सावधानीपूर्वक गर्ने हो भने समस्याबाट बचाउन सकिन्छ ।

भाइरल फ्लु
सामान्यतया रुघाखोकीलाई नै फ्लु भन्ने गरिन्छ । यो मौसममा साधारण चिसोको कारण पनि रुघाखोकीसँगै घाँटी दुख्ने र ज्वरो आउने हुन्छ । यस्तो अवस्थामा बालबालिकालाई मनतातो पानी पिउन दिने, पोसिलो झोल पदार्थको सेवन गर्ने, नुन पानीले कुल्ला गर्ने, न्यानो लुगा लगाउने, नुहाउँदा मनतातो पानीको प्रयोग गर्ने बिहानको समयमा धेरै चिसो हुने भएकाले यस समयमा सकेसम्म बाहिर ननिस्कने । यदि जानै परेको खण्डमा शरीरको सबै भाग ढाक्ने कपडा लगाएर र मास्क लगाएर बालबालिकालाई लैजान सकिन्छ । फ्लु भएको बेला बालबालिकालाई प्रशस्त झोलिलो खाना खुवाउने र आमाको दूध चुस्ने बालबालिकालाई प्रशस्त मात्रामा आमाको दूध चुसाउनु उपयुक्त हुन्छ ।

फ्लु भएको बेला बालबालिकालाई प्रशस्त झोलिलो खाना खुवाउने र आमाको दूध चुस्ने बालबालिकालाई प्रशस्त मात्रामा आमाको दूध चुसाउनु उपयुक्त हुन्छ ।

कान पाक्ने
जाडो मौसममा रुघा लाग्ने भएकाले बालबालिकामा कान पाक्ने समस्या पनि बढ्ने गर्छ । रुघा लाग्दा नाक र कान भित्र रहेको प्वाल टालिने हुँदा कान भित्रको फोहोर निस्कन पाउँदैन र कान पाक्न सक्छ । यस्तो अवस्थामा हामीले बच्चाहरूको नाक खुलाउने औषधिको थोपा राखिदिनु पर्छ । यसले नाक र कान दुबैलाई खुलाउन मद्दत गर्छ ।

भाइरल पखाला
जाडो मौसममा धेरै देखिने अर्को समस्या भनेको भाइरल पखाला हो । यो मौसममा आन्द्रामा गएर भाइरसले इन्फेक्सन गराउने र यही इन्फेक्सनको रियाक्सन पखालाको रूपमा बाहिर निस्कने गर्छ । यस्तो अवस्थामा जीवनजल पिउने, पर्याप्त मात्रामा झोलिलो कुरा खान दिने, ६ महिना भन्दा सानो बच्चा छ भने प्रशस्त मात्रामा आमाको दूध चुसाउने गर्नुपर्छ ।

छालाको समस्या
जाडो समय भनेको सुख्खा मौसम हो । यो समयमा बच्चाहरूको छालामा पनि समस्या देखिने गर्छ । हामीले बच्चाहरूको साना साना कुरामा ध्यान दिएमा यस्ता छाला सम्बन्धी समस्याबाट मुक्ति पाउन सक्छौँ । सुख्खा हुने भएकाले बच्चाहरूको हात खुट्टा सबै भागलाई राम्रोसँग छोपिदिनुपर्छ । यसरी छोपिदिँदा बच्चाहरूको हात खुट्टा बाहिरी वातावरणमा एक्सपोज हुँदैन र हात खुट्टा फुस्रो हुने सम्भावना कम हुन्छ ।

नरिवलको तेलले बच्चाहरूको छालालाई नरम, मुलायम बनाउनुको साथै प्राकृतिक मोस्चराइजर पनि प्रदान गर्छ

नवजात शिशुहरूको शरीरमा पसिना धेरै आउने गर्छ । दिनहुँ नुहाइदिन सम्भव नहुन सक्छ यस्तोमा मनतातो पानीमा कपडा भिजाएर दिनहुँ उनीहरूको शरीर पुछ्ने गर्न सकिन्छ । सफा कपडाले पुछेर नरिवलको तेल लगाइदिनु पर्छ । यसले बच्चाहरूको छालालाई नरम, मुलायम बनाउनुको साथै प्राकृतिक मोस्चराइजर पनि प्रदान गर्छ । यस तेलले बच्चाहरूमा देखिने रातो फोकाहरूलाई पनि कम गर्न मद्दत गर्छ । चिसोमा बच्चाहरूको टाउको पनि छोपिदिनुपर्छ ।

श्वासप्रश्वास सम्बन्धी समस्या
जाडो मौसममा श्वासप्रश्वास सम्बन्धी समस्या पनि धेरै हुने गर्छ । किनभने यस मौसममा वायु प्रदूषण हुने गर्छ, हावामा धुलोका कणहरू मिसिएका हुन्छन् । यसले हामीले श्वास फेर्दा ती धुलोका कण हामीभित्र जाने गर्छ । यसले स्वासप्रस्वास सम्बन्धी समस्या, दम ९आस्थमा०, आँखा पोल्ने, फोक्सोमा अक्सिजनको कमी र निन्द्रा नलाग्ने जस्ता समस्या ल्याउने गर्छ ।

यसबाट बच्ने उपाय भनेकै मास्कको प्रयोग हो । मास्क लगाउँदा डबल नलगाउने जथाभाबी कपडा वा अन्य प्रकारको मास्कको प्रयोग पनि गर्नुहुँदैन । यस्तो गर्दा श्वासप्रश्वास सम्बन्धी समस्या आउन सक्छ । फोक्सोमा अक्सिजनको कमी हुन सक्छ । यस्तो मास्क प्रयोग गर्दा समस्याबाट बच्ने भन्दा पनि अझ समस्या बढ्न सक्छ । हामीले तीन तह भएको मेडिकल मास्कको मात्र प्रयोग गर्नुपर्छ । यसबाट कुनै बेफाइदा हुँदैन ।

पिसाबको इन्फेक्सन
जाडोमा बच्चाहरूले पानी कम खाने हुन्छ, यस्तो अवस्थामा हाम्रो मिर्गौलाबाट जति पानी बाहिर जानुपर्ने हो त्यो जाँदैन र पिसाबमा इन्फेक्सन देखिन थाल्छ । यस्तो अवस्थामा बच्चाले छिनछिनमा पिसाब फेर्ने, ज्वरो आउने, पिसाब पोल्ने, पिसाब धमिलो हुने जस्ता लक्षणहरू देखा पर्न थाल्छन् । यो समस्याबाट बच्नको लागि हामीले पानी र झोलिलो कुराहरू पर्याप्त मात्रामा बच्चाहरूलाई खुवाउने गर्नुपर्छ ।

टन्सिलको समस्या
लामो समय घाँटी दुखिरहेको छ भने बच्चाहरूमा हुने टन्सिल बढ्न जान्छ । टन्सिलको एरोनाइड ग्लाइन्स भाइरल इन्फेक्सनको कारणले कीटाणुको सङ्क्रमण हुने गर्छ । यस्तो अवस्थामा पनि अस्पताल जानुपर्ने हुन्छ ।

चिसो मौसममा धेरै चिसोले गर्दा आन्द्रामा ग्यास जम्मा हुने हुन्छ । यो ग्यास्ट्रिक भने होइन । यस्तो अवस्थामा बच्चाहरूलाई पेट दुख्ने हुन्छ, खान छोड्ने, रुने कोही कोहीमा दिसा पातलो हुने लक्षण देखा पर्छन् । यस्तो अवस्थामा पनि डाक्टरको सल्लाह लिनु निकै आवश्यक हुन्छ ।

धेरै जसो मानिसहरूले एपेन्डिसाइटिस ठुलो मान्छेलाई मात्र हुन्छ भन्ने सोच्छन् तर साना बच्चाहरूमा पनि यसको समस्या देखिने गर्छ । एपेन्डिक्स भनेको ठुलो आन्द्राको एउटा नचाहिने भाग हो । यसमा इन्फेक्सन हुँदा एपेन्डिक्स सुनिएर जान्छ र समस्या आउन सक्छ । यो रोगले बच्चाहरूमा अलि जटिल रूप लिने गर्छ ।

कस्तो अवस्थामा भाइरल फ्लुसँग डराउनुपर्छ
यस्ता भाइरल इन्फेक्सनहरू धेरै लामो समयसम्म भएमा हामीले डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ । यस्तो प्राय प्रतिरक्षा क्षमता कम भएका बालबालिकामा हुने गर्छ । कीटाणुको सङ्क्रमण भएको अवस्थामा ब्याक्टेरियामा परिणत भएर जान्छ । यस्तो अवस्थामा निमोनिया हुने डर हुन्छ । यति बेला डाक्टरको सल्लाह र औषधीको आवश्यकता पर्न सक्छ ।

यदि पखालासँगै बान्ता पनि सुरु भयो भने बच्चाहरूले आमा दूध होस् अन्य झोल पदार्थ जे खाए पनि बान्ता गर्ने गर्छन् । यस्तो अवस्थामा शरीरमा पानीको मात्रा कम हुन जान्छ । दिसामा रगत देखिन्छ थाल्छ । यो अवस्था कीटाणुले सङ्क्रमण गरेको अवस्था हुन्छ । यस्तो अवस्थामा तुरुन्त अस्पताल जानुपर्ने हुन्छ ।

जाडो मौसममा भाइरल फ्लु मात्र नभएर शल्यक्रियासँग सम्बन्धित समस्याहरू पनि आउने गर्छन् । एक वर्ष भन्दा मुनिका बच्चाहरूमा भाइरल इन्फेक्सनले गर्दा आन्द्रा सुन्निने र ब्लक हुने पनि गर्छन् । यस्तो हुँदा आन्द्राभित्र आन्द्रा खप्टिन जान्छ यसलाई हामी इन्टरसप्केसन भन्छौँ । यो रोग मध्य जाडोको बेलामा देखिने गर्छ । यस्तो अवस्थामा बच्चाहरू अचानक रुने, बान्ता गर्ने, पेट ढाडिने र दिसाबाट रगत आउने जस्ता लक्षणहरू देखिन थाल्छन् । यस्तो अवस्थामा तुरुन्त अस्पताल लैजानु पर्छ । समयमा नै अस्पताल पुर्‍याउन सकिएमा औषधीले पनि ठिक हुन सक्छ अन्यथा सर्जरी गर्नुपर्ने पनि हुन सक्छ ।

डाक्टरको सल्लाह बिना औषधीको सेवन गर्नु हुँदैन
सामान्य समस्याहरूमा बच्चाहरूमा औषधी खुवाइ हाल्ने गर्नुहुँदैन । अलिकति समय दिएर आफैँ ठिक हुन दिनुपर्छ । तर आजभोलिका अभिभावकहरूमा सामान्य होस् वा जटिल जस्तो समस्यामा पनि औषधी पसलमा गएर औषधी खुवाइ हाल्ने लहर बसेको छ । बिना डाक्टरको सल्लाह अभिभावकहरू औषधी खुवाउन हतार गर्ने हुन्छन् । बिना चेकजाँच औषधी पसलमा गएर आफैँ यान्टिबायोटिक औषधी किनेर खुवाउने गर्दा पछि औषधीले काम नै नगर्ने समस्या आउन सक्छ । डाक्टरको सल्लाहबिना औषधी खाँदा रोग एउटा र औषधी अर्को खुवाउने समस्या धेरै देखिन्छ । र, बच्चाको अवस्था धेरै जटिल भएपछि मात्र अस्पताल ल्याउने गरिन्छ ।

यसले बच्चाहरूमा अर्को समस्या निम्त्याउने गर्छ । हाम्रो अस्पतालमा यसरी आफै औषधी किनेर खुवाएर समस्या बढेपछि आउने सङ्ख्या धेरै रहेको छ । यसले बच्चाको स्वास्थ्यमा अझ धेरै नराम्रो असर गर्छ ।

त्यस कारण सामान्य रोग लाग्दा केही दिन घरमै घरेलु उपचार गर्ने गर्नुपर्छ । तीन दिनपछि पनि बालबालिकामा समस्या उस्तै रह्यो र कम भएन भने डाक्टरको सल्लाह लिनुपर्छ । तर आफैँ औषधी किनेर खाने वा खुवाउने गर्नुहुँदैन । यसले कतिपय अवस्थामा तत्काल त समस्या समाधान होला, तर दीर्घकालमा समस्या झन् बढाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?