सिनामंगलको होटलमा मृत भेटिएका जोडी पतिपत्नी भएको खुलासा, हिजो मात्र क्यानडाबाट फर्केका थिए

लोकपथ
2.7k
Shares

काठमाडौं । सिनामंगलस्थित जन्मभूमि होटलमा मृत भेटिएका युवा–युवती श्रीमान श्रीमती रहेको र दुबै जना हिजो शनिबार मात्र क्यानडाबाट आएको खुलेको छ ।

मृत्यु हुनेहरूमा सुनसरीको दुहबीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी रहेकमा छन् । दुबैलाई सो होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको थियो । उनीहरू सो होटलमा हिजो पौने ७ बजे पुगेका थिए । र, चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए ।

काठमाडौं परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार, उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । उनीहरु दुई वर्षपछि नेपाल फर्केको पनि खुलेको छ । केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?