काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूमा जनताका पक्षमा थप काम गर्ने जोस बढेर आएको बताएका छन् ।
शनिबार मोरङको रामग्राम गाउँपालिका पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले आफू जीवनको उत्तराद्र्धतिर आए पनि आफूमा जोस आएको बताए । जनताको पक्षमा र भ्रष्टाचारको विपक्षमा आफूले गरेको कामको समीक्षा गर्दै अझै केही समय राजनीतिमा क्रियाशील रहने बताए ।
‘अहिले म जीवनको उत्तराद्र्धतिर छु । तर किन हो मलाई अलि बढी जोस आउन थाल्या छ । साथीहरुले अलि बढी किन दौडिएको भन्न थाल्नु भएको छ । आज यहाँ म जानै पर्छ भनेर आएको छु । मलाई जोस आएकै छ । भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा नेपाली जनताको आर्थिक विकास र समृद्धिको पक्षमा जीवनको अन्त्यसम्म लडिराख्ने कसम मैले खाएको छु्,’ उनले भने ।
त्यस्तै उनले असल राजनीतिज्ञ जीवित रहनुजेल मात्रै नभएर मरेपछि पनि आफ्नो प्रभुत्व छाड्न सक्ने बताए ।
प्रचण्डले जनताले साथ दिएमा छिट्टै नेपालमा समाजवाद भित्रिनेमा विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया