प्रतिपक्षलाई सुहाङको आग्रह : सरकारमा आउनुस्, मिलेर देश बनाउँ

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सबै प्रतिपक्षी दलहरुलाई सरकारमा मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

आज बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

आफ्नो पीता स्वर्गीय सुवास नेम्वाङको सहमति, सहकार्य र एकताको नारालाई मुर्त रुप दिन मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘म प्रतिपक्ष पट्टी फर्किएर आग्रह गर्न चाहन्छु, तपाईँहरु पनि आउनुस् यो सरकारमा । मिलेर अगाडी बढौँ । देशको मुहार फेरौँ । समस्याको सँगै समाधान गरौँ । इतिहासले हामीलाई सुम्पिएको जिम्मेवारी यही नै हो । सहमती र सहकार्यका विनम्र प्रवक्ता स्वर्गीय सुवास नेम्वाङप्रतिको श्रद्धाञ्जली पनि यही हुन्छ,’ उनले भने ।

त्यस्तै उनले उनको बुबा स्वर्गीय सुवास नेम्वाङलाई समेत स्मरण गरेका छन् । नेम्वाङको एक वर्ष अघि निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?