काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभामा उठेका विषयहरुमा सरकारले गम्भीरतापूर्वक नलिएको टिप्पणी गरेका छन् ।
आज बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दैै उनले बाढीपहिरो, प्राकृतिक विपत्ति लगायत सडक संरचना बिग्रिएको तर सरकारले त्यसलाई गम्भीर रुपमा नलिएको बताए ।
सरकारले प्रत्येक वर्ष सडक निर्माणका लागि ठुलो रकम खर्चिए पनि बाटो बन्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।
‘हाम्रो सरकार छ बाटो बिग्रिएको छ । सडक बनाउन चाँही हाम्रो सरकार छ । वैज्ञानिकहरु छन्, प्राविधिकहरु छन्, सरकारसँग पैसा छ । हाम्रो बाटो बन्छ, तर बाटो बनेन । सरकारले आफ्नो कानमा रुइ घुसाएको छ । यदी रुइ थिएन भने त सुन्थ्यो होला नि । कि यहाँबाट रिपोर्ट हुँदैन प्रधानमन्त्रीलाई, या यहाँ उपस्थित हुने मन्त्रीजीहरुले रिपोर्टिङ गर्नु हुन्न । यो राष्ट्रिय सभामा जुन विषयमा गम्भीरतापूर्वक उठृेको छ । त्यसको बारेमा रिपोर्टिङ हुनुपर्यो । होइन भने समय मिलाएर मलाई दिनुपर्यो समय प्रधानमन्त्री । म उहाँहरुसँग छलफल गर्न चाहान्छु,’ गौतमले भने ।
त्यस्तै राजमार्ग प्रहरी बनाइ उनीहरुले हवाइ मार्गबाट राजमार्गको निरीक्षण गर्ने काममा लगाउन आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया