मुलुक र जनता लाभान्वित हुने गरी कार्य गर्न ऊर्जा मन्त्रीको निर्देशन

लोकपथ
28
Shares
फाइल तस्बिर

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न विद्युत नियमन आयोगलाई निर्देशन दिएका छन् ।

आयोगले आज गरेको निर्माण तथा प्रसारण दस्तुरको निर्धारणसम्बन्धी निर्देशिका माथिको छलफलमा उनले मुलुक र जनताको पक्षमा आयोगले काम गर्नुपर्ने बताएका हुन्  ।

मन्त्री खड्काले सरकारले ऊर्जा विकासको क्षेत्रमा लिएको लक्ष्य पूरा गर्न निजी र अन्तर्राष्ट्रिय क्षेत्रसँग सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

खड्काले ऊर्जा मन्त्रालय, विद्युत नियमन आयोग, विद्युत विकास विभाग र नेपाल विद्युत प्राधिकरणबीच एकापसमा समन्वय गरेर ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नियमावली तथा कार्यविधि बनाउनुपर्ने उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?