स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

लोकपथ
63
Shares
फाइल तस्बिर

कञ्चनपुर ।  गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरी सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताएका छन् । 

आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले  देशका सबैभन्दा ठूला राजनीतिक दल मिलेर समीकरण भएको बताए । 

‘मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ, ’मन्त्री लेखकले भने, ‘देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।’ उनले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।

त्यसैगरी उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताए। नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?