प्रवासमा संगठन निर्माण गर्नु चुनौतीपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल

लोकपथ
63
Shares

कतार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रवासी नेपाली मञ्च कतारलाई संबोधन गरेका छन् ।

सातौँ अधिवेसनको पुर्वसन्ध्यामा सम्पन्न बैठकलाई संबोधन गर्दै पोखरेलले एमालेको संगठन विश्वको ३७ वटा देशमा फैलिएको बताए ।

यो देशभित्रको कमिटीजस्तो सहज नरहेको पोखरेलले बताए ।

उपाध्यक्ष पोखरेलले प्रवासमा संगठन निर्माण चुनौतिपूर्ण रहेको बताए । ‘संगठन निर्माण गर्दा वैधानिक सम्बन्धित देशको कानुनभित्र रहेर पार्टी काम र एमालेसँग आवद्ध भएर काम गर्न चुनौतीपूर्ण छ । प्रवासी नेपाली मञ्च कम्युनिटीवेस संगठन हो,’ पोखरेलले भने, ‘हाम्रो पार्टीमा नीति र नेतृत्वमा विवाद छैन । नेतृत्वमा छलफल गर्नुहोस् पार्टी निर्माणमा जोड दिनुस ।’

त्यस्तै प्रतिकुल देशमा बसेर संगठन निर्माण गर्दा सर्वसम्मतीमा गर्न आग्रह गरे । उनले नेताहरू रेफ्रीको भुमिकामा रहनुपर्नेमा आफै गोल हान्न खोज्दा समस्या हुने बताए ।

नेकपा एमाले देशमा राजनीतिक स्थायित्व नभएकाले स्थायित्व कायम गर्न मिसन ०८४ को नीति अघि सारिएको पोखरेलको दाबी रहेको छ । साथै त्यसको लागी १५ हजार प्रवास कमिटी सदस्य बनाउन जरूरी रहेको बताए ।

मञ्चका संयोजक अफ्सर खानको अध्यक्षतामा बसेको बैठकमा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटी अध्यक्ष संजय थापा, एमाले कोषी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मञ्चका मध्यपुर्व संयोजक प्रकाश कोइरालालगायतले संबोधन गरेका थिए ।

प्रवास मञ्चको अधिवेशन दुई दुई वर्षमा हुने गरेको छ । प्रवासी मञ्चमध्ये कतार एमालेको बलियो संगठन रहेको क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?