शेखर कोइरालाले ६ वटै महानगरपालिकाका नगर सभापतिसँग किन गरे छलफल ?

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशभरका ६ महानगरपालिकाका कांग्रेस महानगर समितिका सभापतिहरुसँग छलफल गरेका छन् ।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए ।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे ।

महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।

भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य (काठमाडौ), सुवानन्द धाख्वा (ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दिपक चापागाईं (विराटनगर) र मनिन्द्र नेपाली (वीरगन्ज) सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?