१४ मङ्सिर २०८०, बिहीवार

कांग्रेसलाई कमल थापा प्यारो, ओली–प्रचण्डलाई यसरी हानियाे झटारो

२०७४,कार्तिक,१४,मंगलवार ०७:४८

0
Shares

काठमाडौँ, १४ कात्तिक -असन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा कांग्रेसले एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक भएको आरोप लगाएको छ एमालेले संविधान निर्माणको बेलादेखि नै आफ्ना प्रतिस्पर्धी राजनीतिक दलहरुप्रति निरन्तर असहिष्णु र आक्रामक देखिएको उल्लेख गर्दै कांग्रेसले आफ्नो नेतृत्वमा एमाले सरकारमा सहभागी हुँदा पनि सहयोगी नबनेको आरोप लगाएको छ ‘सरकारको काम र निर्णयमा उत्साहपूर्ण सहकार्य गर्नु भन्दा पार्टीगत र गुटगत राजनीतिक भागवण्डा खोज्ने प्रवृत्तिद्वारा एमालेले पटक–पटक असहयोगी र अवसरवादी राजनीतिक चरित्र देखायो’, घोषणापत्रमा भनिएको छ, एमालेको नेतृत्वमा सरकार बनेपछि उसको राजनीतिक असहिष्णुता झनै बढ्यो । कांग्रेस नेतृत्वको अघिल्लो सरकारले गरेका विकास, न्याय क्षेत्र र कुटनीतिक क्षेत्रका नियुक्तिहरु बदर गरिए । प्रशासन, न्याय सेवा, कुटनीतिक र शिक्षण क्षेत्रमा पार्टीकरणको प्रक्रिया प्रारम्भ भयो। सरकारको वित्तीय स्रोत र साधन दलको स्वार्थका निम्ति दुरुपयोग गरियो । फलस्वरुप सत्तामा सहभागी दलहरु एमालेसंग सत्ता साझेदारीमा टिक्न सकेनन् र एमाले नेतृत्वको सरकारको पतन भयो ।’सत्तामा रहुन्जेल एमालेले संशोधनद्वारा संविधान सम्बन्धी असन्तोषलाई समाधान गर्ने लोकतान्त्रिक विधिलाई समेत समर्थन नगरेको कांग्रेसले उल्लेख गरेको छ मधेशको आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेशी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी एमालेले गरेको भन्दै कांग्रेसले अहिले उ अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको समेत उल्लेख गरेको छ एमाले र माओवादी केन्द्रको आलोचनामा ४ पेज खर्चिएको कांग्रेसले माओवादीलाई लाभ खोज्ने अवसरवादी पार्टी भनी घोषणापत्रमा उल्लेख गरेको छ । यस्तै कम्युनिष्ट गठबन्धन निर्माण गर्ने प्रयासले नयाँ संविधानका उपलब्धि, आर्थिक प्रगति, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोखिममा परेको पनि काँग्रेसको दाबी छ । एमाले र माओवादी केन्द्रको गठबन्धनले सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको ठहर गर्दैै काँग्रेसले त्यस्तो प्रयास कुनै हालतमा स्वीकार्य नहुने दृढता जनाएको छ तर, सत्ता सहयात्री दल राप्रपा र राप्रपा प्रजातान्त्रिकप्रति भने कांग्रेस नरम देखिएको छ । यस्तै मधेसी दललाई हेर्ने दृष्टिकोणपनि कांग्रेसको सकारात्मक देखिएको छ । लोकतान्त्रिक गठबन्धन बनाएर अघि बढ्ने योजनामा रहेको कांग्रेस मधेसी दल र राप्रपासँग सकारात्मक रुपमा प्रस्तुत भएको बुझिएको छ राप्रपा र मधेसी दलबारे घोषणापत्रमा दुई पेज खर्चिएको कांग्रेसले मधेसकेन्द्रित दलहरु सम्वाद र सहकार्यमा आएको भनि स्वागत गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)सँग विश्वसनीय सहकार्य गर्ने उल्लेख गरेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१४,मंगलवार ०७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८