काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकीडलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । सोमवार डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भएको थियो ।
यस्तै,युरो एकको खरिद दर १४३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९१ पैसा रहेको छ । सोमबार खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा रहेको थियो ।
त्यस्तै, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ १९ पैसा रहेको छ । सोमबारखरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसामा कारोबार भएको थियो ।
यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ।
![](https://www.lokpath.com/wp-content/uploads/2024/06/Capture-2-1.png)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया