भन्सार छलीको सामानसहित ढुवानीमा प्रयोग भएको बस प्रहरी नियन्त्रणमा

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा अवैध भन्सार छलीको सामानसहित ढुवानीमा प्रयोग भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालगंज उपमहानगरपालिका ११ बि.पी.चोक स्थित भे.१ ख.३१४९ नं.को बसमा भारतबाट अवैध रुपमा भन्सार छली पैठारी गरी ल्याएको जम्मा २० लाख अठ्चालीस हजार रुपैयाँको सामान र ढुवानीमा प्रयोग भएको बसलाई प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो ।

नियन्त्रण पश्चात उक्त सामान र बसलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?