मकवानपुर रेफ्री संघका अध्यक्ष श्रेष्ठको निधन

लोकपथ
686
Shares

काठमाडौं । मकवानपुर जिल्ला रेफ्री संघका अध्यक्ष तथा सक्रिय रेफ्री समेत रहेका अकिललाल श्रेष्ठको हृदयघातका कारण निधन भएको छ ।

उनी ४० वर्षका थिए । परिवारिक स्रोतका अनुसार बुधवार छातीमा दुखाई भएपछि अस्पताल लगेर परीक्षण समेत गराइएको थियो । यद्यपि राती थप दुखाई बढेपछि उनलाई अस्पताल लैजाने क्रममा निधन भएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।

हेटौँडा–१३ का स्थानीय बासिन्दा समेत रहेका दिवंगत रेफ्री श्रेष्ठको बिहीवार नै अन्त्येष्टी गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए ।

साथै रेफ्री श्रेष्ठको निधनमा दुख व्यक्त गर्दै मकवानपुर जिल्ला फुटबल संघले विहीवार शोक मनाउँदै जिल्ला भर फुटबलका क्रियाकलाप रोक्न आग्रह समेत गरेको छ । श्रेष्ठका श्रीमती र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?