होटल बाराही काठमाडौंले रुफटपमा थप्यो ‘लाउञ्ज एण्ड बार’

लोकपथ
0
Shares

काठमाडौं । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा रहेको होटल बाराहीले नवौं तलामा ‘इन्फिनिटी लाउञ्ज एण्ड बार’ सञ्चालनमा ल्याएको छ ।

‘लाउञ्ज एण्ड बार’मा ग्राहकले रोजाइअनुसार इन्डोर र आउटडोर गरेर १०० जनासम्मले एकैपटकमा सेवा लिन सक्छन् ।
बार तर्फको लाउञ्ज सर्वसाधारणका लागि हरेक दिन दिउँसो २ बजेदेखि राति ११ बजेसम्म खुला रहनेछ भने प्राइभेट लाउञ्जतर्फ बुकिङ अनुसार सेवा लिन सकिनेछ ।

काठमाडौंको प्रिमियम लोकेसन, त्यसैमाथि आफ्नै अगाडि नारायणहिटीको दृश्य देख्न पाइने भएकाले हाल बाराही काठमाडौं आकर्षणको केन्द्र बनेको छ ।

चार तारे स्ट्याण्डर्डको यस होटलको सातौं तलामा इन्फिनिटी स्विमिङ पुल र रेष्टुरेन्ट रहेको छ । साथै होटल वातावरणमैत्री भएकाले प्लास्टिकलाई सकेसम्म कम प्रयोग गर्ने गरेको छ ।

केशरमहलको अगाडि चोकैमा रहेको यस होटलको नवौं तलामा रहेको रुफटपबाट काठमाडौं उपत्यकाको चारैतिरका सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

वीर शमसेरले बनाएको फोहोरा दरबार, स्वप्न बगैंचा र नारायणहिटी दरबार होटलको आँगनमै भएको अनुभुति हुन्छ ।
त्यस्तै घण्टाघर, धरहरा, वसन्तपुर दरबार, ठमेल बजार, स्वयम्भू तथा उत्तरतर्फ शिवपुरीको हरियालीसँगै हिम श्रृंखला देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?