एसईईको नतिजा असार दोस्रो साताभित्र आउने

लोकपथ
210
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी तयारी भइरहेको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको बताए ।

‘अहिलेसम्मको हाम्रो कार्य प्रगतिअनुसार असार दोस्रो साताभित्र नतिजा निकाल्न सकिन्छ भन्ने लागेको छ,’ उनले भने । परीक्षा नियन्त्रक पौडेलका अनुसार, परीक्षा नियन्त्रण कार्यालयले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको काम गरिरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०८० चैत १५ गतेदेखि २७ गतेसम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ५ लाख बढी विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?