अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका विद्यालय एक हप्ता बन्द

लोकपथ
259
Shares

काठमाडौं । अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्। अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता संगठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ। गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याब्सन सुर्खेतका अध्यक्ष बेदप्रकाश ढकालले जानकारी दिए। उनका अनुसार गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा हुनसक्ने असरलाई मध्यनजर गर्दै सामूहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?