काठमाडौं । नेपालकै पहिलो डिजे तेन्जिङ शेर्पाले हिमाल संरक्षणको सन्देश फैलाउँदै सगरमाथा आरोहण गरेका छन् । जेठको दोश्रो साता क्याम्प–२ मा डिजे कन्सर्ट गर्दै सगरमाथाको चुचुरो उक्लिएका उनी शुक्रबार काठमाडौं फर्किएका हुन् ।
काठमाडौंमा उनलाई भव्य स्वागत गरिएको छ । सम्भवत : उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन् । उनले क्याम्प–२ मा डिजे कन्सर्ट गरेर वल्ड रेकर्ड बनाएको बताए । ‘ग्लोबल वार्मिङ रोकौँ, हिमाल संरक्षण गरौँ’ भन्ने नारासहित उनले दुई महिना लगाएर सगरमाथा आरोहण गरेको बताए ।
‘व्यक्तिगत उपलब्धि र रेकर्ड राख्नेभन्दा पनि अहिले जलवायु परिवर्तनका कारण विश्वलाई नै अफ्ठ्यारो परिरहेको अवस्था छ । यस्तोमा हिमालको संरक्षण गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया