एनआईसी एशिया बैंकबाट कर्जा लिने ग्राहकहरुलाई छुटकाे योजना सार्वजनिक

लोकपथ
252
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुका लागि छुटसम्बन्धी योजना सार्वजनिक गरेको छ।

हाल देशमा रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न उक्त योजना ल्याइएको बैंकले जनाएको छ।

२०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ जेष्ठ महिना भित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा समेत छुट प्रदान गर्ने योजना ल्याएको छ ।

जस अनुसार ९१ दिनदेखि १८० दिन सम्म १५ प्रतिशत १८१ दिनदेखि ३६५ दिनसम्म २५ प्रतिशत ३६५ दिनभन्दा बढि ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

बैंकले ऋणीहरूका लागि कर्जामा आकर्षक ब्याज छुटको व्यवस्था गरेको हो । बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूलाई वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?