अष्ट्रेलियामा लाइफ ज्याकेटबिनै समुद्रमा माछा मार्न गएका दुई नेपालीको मृत्यु

लोकपथ
9.2k
Shares

काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित समुद्रमा डुबेर दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । माछा गर्न गएका उनीहरुको समुद्रको छालले बगाउँदा मृत्यु भएको हो ।

मृत्यु भएका विद्यार्थीहरु २२ र २५ वर्ष उमेरको भएको र उनीहरु गोरखा र दोलखाका भएको जनाइए पनि थप विवरण त्यहाँको प्रहरीले सार्वजनिक गरेको छैन ।

सिड्नीको दक्षिण तटीय क्षेत्रमा पर्ने कुर्नेलको केप सोलान्डर ड्राइभमा यो घटना भएको हो ।सिड्नीस्थित न्यु साउथ वेल्स प्रहरीका अनुसार, उनीहरु लाइफ ज्याकेटबिनै कुर्नेलस्थित चट्टानी क्षेत्रमा माछा मार्न गएको र त्यसक्रममा समुद्रको छालले बगाउँदा उनीहरुको मृत्यु भएको हो । उनीहरुको शव हेलिकप्टरको सहायतामा समुद्रबाट बाहिर निकालिएको थियो ।

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया (एनआरएन) का अध्यक्ष अनिल पोख्रेलका अनुसार, नेपालीहरु समुद्रसँग त्यति अभ्यस्त नहुने भएकाले यो दुःखद घटना भएको हो । यस वर्ष मात्र अस्ट्रेलियामा समुद्रमा डुबेर तथा अन्य कारणले दशभन्दा बढी नेपाली विद्यार्थीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?