नवीन्द अर्याल डीआइजीमा बढुवा, साइबर ब्यूरोको जिम्मा

लोकपथ
161
Shares

काठमाडौं । नवीन्द अर्याल डीआइजीमा बढुवा भएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयमा अर्यालले डीआइजीको फुली लगाएका हुन् ।

केही समय अगाडि मात्रै साइबर ब्यूरोमा प्राविधिक डीआइजीको दरवन्दी स्वीकृत भएको थियो । सोही स्थानमा पदपूर्ति गर्ने गरी एसएसपी नवीन्द अर्याललार्य डीआइजीमा बढुवा गरिएको हो । आइतबार डीआइजीको फुली लगाएलगत्तै अर्यालले भोटाहिटीस्थित साइबर ब्यूरोको कार्यालय पुगेर प्रमुखको कार्यभार सम्हालेका छन् ।

साइबर अपराधको अनुसन्धान र अभियोजनका लागि खुलेको साइबर ब्युरोमा यसअघि प्राविधिमा एसएसपीसम्मको मात्रै दरवन्दी थियो । हाल कार्यालय प्रमुखका रुपमा डीआइजीको दरवन्दी स्वीकृत भएपछि अर्यालको बढुवा गरी कार्यालय प्रमुखको जिम्मेवारी दिइएको हो ।

साइबर अपराधको विषयमा विज्ञ अर्याल प्राविधिक प्रहरीका रुपमा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?