राप्रपा अध्यक्ष लिङदेनले गरे ८९औं पटक रक्तदान

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ८९औं पटक रक्तदान गरेका छन् ।

पार्टी निकट युवा संगठनले पार्टी केन्द्रीय कार्यालय काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी बनेका अध्यक्ष लिङदेनले आफूले नियमित रक्तदानमा सहभागीता जनाउने गरेको उल्लेख गरे । उनले रगत दिएर अरुको जिवन बचाउने जस्तो महत्वपूर्ण कार्यमा आफू रमाउनले गरेको धारणा राखे ।

रक्तदान गर्दै उनले भने, ‘म नियमित रक्तदाता हो । आज मेरो ८९ औं पटकको रक्तदान हो ।’

समय मिल्दा हरेक तीन महिनामा आफूले रक्तदान गर्दै आएको उल्लेख गर्दै उनले थपे, ‘ रक्तदान जस्तो महत्वपूर्ण कार्यमा भाग लिन पनि पाउने र पार्टीका युवाहरुले यस्तो महत्वपूर्ण कार्यक्रम सञ्चालन गरिरहेका छन् उनिहरुलाई हौसला र प्रोत्साहन गर्न आज यहाँ सहभागी भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?