काठमाडौं। काठमाडौंको तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर सम्पन्न गरिएको छ । परिवर्तन अभियान नेपालद्वारा आयोजित शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।
![](https://www.lokpath.com/wp-content/uploads/2024/04/435367417_825807252907949_8933471990149445719_n-768x700.jpg)
उक्त नगरपालिकाको वडा नम्बर ५ स्थित नागार्जुन माविमा आयोजित शिविर तिलगंगा आँखा प्रतिष्ठान, तारकेश्वर नगरपालिका वडा नम्बर ५, युवा सारथि क्लब र रानीवन युवा समूहसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।
![](https://www.lokpath.com/wp-content/uploads/2024/04/437105737_737671421877582_4366391405347439355_n-576x768.jpg)
शिविरमा आँखा परीक्षण गराउनेमध्ये ३१ जनामा मोतियाविन्दु देखिएको र उनीहरूको मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको अध्यक्ष भट्टले जानकारी दिए । त्यसका लागि प्रतिष्ठान र फूलबारी गुम्बा जगडोलसँगको समन्वयमा उनीहरूको निःशुल्क शल्यक्रिया गरिने उनको भनाइ छ ।
![](https://www.lokpath.com/wp-content/uploads/2024/04/440296998_1154183458938178_1538945600979463743_n-768x462.jpg)
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले, तारकेश्वर नगरपालिकाकी उपप्रमुख सिर्जना बुर्लाकोटी अर्याल, संस्थाका सल्लाहकारहरू सबिन तामाङ, कविता रिजाल, वासुदेव लामा, ५ नम्बरका वडाध्यक्ष शम्भु प्रसाद फुयाँल, नागार्जुन १ का वडाध्यक्ष रामेश्वर लामालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले स्वास्थ्यमा नागरिकको पहुँच बढाउन भूमिका खेल्नुपर्नेमा जोड दिए । परिवर्तन अभियान नेपालले सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आएको छ ।
![](https://www.lokpath.com/wp-content/uploads/2024/04/435222789_1875018249609755_6066993072267739824_n-576x768.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया