फर्टिलिटी सोसाईटी अफ नेपालको अध्यक्षमा डा.भोला रिजाल निर्वाचित

लोकपथ
104
Shares


काठमाडौं । फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)को अध्यक्षमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न सोसाइटीको पहिलो वार्षिक साधारण सभाले डा. रिजालको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाबाट बरिष्ठ उपाध्यक्षमा डा.उमा श्रीवास्तव, उपाध्यक्षमा डा.ज्ञानेन्द्रमानसिंह कार्की, डा.सानुमैया श्रेष्ठ र डा.सविना श्रेष्ठ निवार्चित भएका छन् । त्यस्तै महासचिवमा डा.स्वस्ति शर्मा निर्वाचित भएकी छन् । यसैगरी सह महासचिव पदमा डा.रश्मि श्रीश, कोषाध्यक्ष डा.मीरा थापा निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा डा.उषा खाँण, डा. प्रेरणा दाहाल, डा.चेतना श्रेष्ठ, डा.गिरिधर शर्मा निर्वाचित भएका छन् । यो सोसाइटीमा अहिले ४५ जना सदस्य छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ ।

नव निर्वाचित अध्यक्ष डा. रिजालले नेपालमा निसन्तान सेवाको विकासमा अन्तराष्ट्रिय स्तरको उपचार प्रदान गर्नका लागि वातावरण बनाउने र यसका लागि सामुहिक पहल गर्ने समाजको उदेश्य रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?