सामजिक सञ्जाल मार्फत अफवाह फैलाएकाे प्रति साईबर व्यूरोकाे ध्याकर्षण

लोकपथ
104
Shares


काठमाडौं । सामजिक सञ्जाल मार्फत भ्रमपूर्ण सुचना प्रवाह गराएको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोले ध्याकर्षण गराएको छ ।

जाजुरकोट टालेगाँउ वडा–७ स्थाई घर भई हाल किर्तिपुर बस्ने २७ वर्षीय गणेशमान सिंहले भ्रमपूर्ण सन्देश प्रवाह गर्न खोजिएको भिडियो सामग्री प्रति व्यूरोले गम्भीर ध्यानकार्षण गराएको हो ।

सामजिक सञ्जाल फेसबुक मार्फत पोष्ट भई प्रचार भएको भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यूरोले जनाएको छ ।
ऋषि राज झा नामको फेसबुकबाट अश्रिल सामाग्री पोष्ट गरि हैरानि दिएको सम्बन्धमा सिंहमाथि प्रहरी कार्यालयमा उजूरी परेको र सोहि उजूरीको आधारमा अनुसन्धानको क्रममा सिंह प्रहरी कार्यालयमा उपस्थित भएका थिए ।

कार्यालयमा उपस्थित हुनासाथ सिंहको साथीले फोन मार्फत सिंहले तनाव भयो भनि गएको भनि बताए पश्चात ब्यूरोले सोधखोज गर्दा सिंहले २ ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालिन उपचारको लागि वीर अस्पतालको आकस्किम कक्ष पठाइएका थियो ।

सिंहले बेड बाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो अपराधिक क्रियाकलाप माथिको अनुसन्धानमा समेत बाधा पु-याउने निकृष्ट उद्देश्य राखि सामजिक सञ्जाल फेसबुक मार्फत भ्रमपूर्ण भिडियो प्रवाह गरेको प्रहरीले बताएको छ ।

साथै यस्ता भ्रमपूर्ण सामाजिक प्रचारप्रसार गरिएको पाइएका प्रचलित कानून बमोजिम काराबाही हुने ब्यहोरा समेतको जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?