करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
0
Shares


सुर्खेत । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने २६ वर्षीय बिशाल खत्रीको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो।

बराहताल गाउँपालिका-८ दम्मारेस्थित विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?