कटुवा पेस्तोलसहित तीनजना पक्राउ

लोकपथ
0
Shares
काठमाडौं । कटुवा पेस्तोलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

पक्राउ पर्नेमा मोटरसाईकलमा सवार बाँके जिल्ला  नेपालगंज उपमहानगरपालीका-२३ बस्ने सदराम बागवान, सोही ठाँउ स्थित साकिर अली बागवान र हुसेन बागवान रहेका छन् । 

बाँके जिल्ला लोनियनपूरुवा कार्यालायबाट खटिएको प्रहरी टोलीले भे.६ प.४९०२ न.को होण्डा साईन मोटरसाईकलमा सवार उनिहरुलाई चेकजाँच गर्ने क्रममा हुसेन बागवान को साथबाट कटुवा पेस्तोल १-थान उक्त पेस्तोलको 12kf96 लेखेको गोलि १-थान सहित हिजो ( सोमबार )पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?