बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

लोकपथ
117
Shares


काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला रोशी गा.पा.४ घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं. १ बस्ने नर बहादुर मगरको छोरी ३३वर्षीय सुजता पुलामी रहेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा पुलामीलाई आज नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त नयाँ बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?