जुवातास खेलिरहेको अवस्थामा चारजना पक्राउ

लोकपथ
741
Shares

कास्की । जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१७ बिरौटास्थित स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय भिम बहादुर बिक समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरिले उनीहरूलाई नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?