भरूवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

लोकपथ
65
Shares


पाँचथर । बाँदर धपाउन एकनाले भरूवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारूदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका-४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ ।

खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

भरूवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?