विभिन्न जिल्लामा तीनजना मृत अवस्थामा फेला

लोकपथ
104
Shares

काठमाडौं । गुल्मी, झापा र सिरहामा ३ जना मृत फेला परेका छन् । शुक्रबार एक बालकसहित तीन जना मृत अवस्थामा फेला परेका हुन् । गुल्मीको सत्यवती गाउँपालिका–६ खैरेनी बस्ने कमल दिन मियाँका छोरा १४ वर्षीय युवराजदिन मियाँ सोही ठाउँस्थित बाडिगार्ड खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

शुक्रबार माछा मार्न भनि उक्त खोलामा गएका उनी घर नफर्किए पछि खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै झापामा पनि एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मेचीनगर नगरपालिका–११ रामचोक बस्ने ५७ वर्षीय कन्चन राई सोही ठाउँस्थित खाली जग्गामा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । उता, सिरहाको सिरहा नगरपालिका–१ दुर्गा मन्दिर हटिया बजारस्थित टहरामा एक पुरुषको शव भेटिएको छ ।

नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?