काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र केन्द्रीय सदस्यको जिम्मेवारीलाई लिए्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमद दाहालबीच मतभेद हुँदा कार्यविभाजनमा सकस भएको छ ।
दोस्रोपटक बुधबार बसेको सचिवालय बैठक पनि निष्कर्षविहीन भएपछि आज पुनः बैठक बोलाइएको छ । बैठक बिहान ९ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यदपि उनले विवादको कुरा भने खुलाएनन् । श्रेष्ठले अध्यक्षद्वयको कार्यव्यस्थता देखाउँदै बुधबारको बैठक निष्कर्षमा पुग्न नसकेको जानकारी दिए ।
कार्यविभाजन गरेर नेकपाले केन्द्रीय सदस्यलाई जिल्लाको इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ । कार्यविभाजनमा अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि समस्या भएको बताइएको छ । ओली र नेपालले जनप्रतिनिधि केन्द्रीय सदस्यलाई जिल्ला इञ्चार्ज र सहइञ्चार्ज बनाएर दोहोर भूमिका दिन नहुने बताउँदै आएका छन् ।
अर्का अध्यक्ष दाहालले भने दोहोरो जिम्मेवारीमा रहेका नेतालाई भन्दा जिम्मेवारी नभएका र सिनियर नेतालाई नै जिल्ला इन्चार्जरसहइन्चार्ज बनाउनुपर्ने भए पनि कुनै जिल्लामा आवश्यक छ भने जनप्रतिनिधिलाई बन्देज गर्न नहुने तर्क अघि सारेको नेकपा स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया