भरूवा बन्दुकसहित एकजना पक्राउ

लोकपथ
182
Shares

काभ्रे । भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महाभारत गाउँपालिका-७ गैरी टोल बस्ने २५ वर्षीय प्रेम कुमार घलानलाई १ नाल भरूवा बन्दुकसहित गएराति प्रहरीले पक्राउ गरेको हो।

प्रेमले आफ्नै श्रीमतीलाई मादक पदार्थ सेवन गरी भरूवा बन्दुक देखाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय देबिटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?