विप्लव नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने संकेत

लोकपथ
78
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले २०८४ को निर्वाचनमा भाग लिने भएको छ । कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम विप्लवले आगामी संसदीय निर्वाचनमा भाग लिने संकेत गरेका हुन् ।

केन्द्रीय कार्यालय कपिलवस्तुमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै महासचिव विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि क्रान्तिकै मोर्चा हुने बताएका छन् ।

‘चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिष्ट आन्दोलनको पुरानो चलन थियो। अब त्यसले काम गर्दैन। चुनाव पनि क्रान्तिकै भिन्न मोर्चा हुने भएकोले ०८४ मा चुनावलाई हामीले त्यसरी नै लिनुपर्छ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?