एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बल्खुबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसर सम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो । कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई ५००,००० को सहयोगका साथैे किर्तिपुर महानगरपालिकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?