अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न

लोकपथ
156
Shares

अमेरिका। अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको परेड कार्यक्रम १४ अप्रिलमा सम्पन्न भएको हो ।

उक्त डे परेडमा ४ हजार भन्दा धेरै नेपालीहरु सहभागी भएका एनआरएनए क्यालिफोर्निया च्याप्टरका अध्यक्ष हरि ओझाले जानकारी दिए ।

नेपाल र नेपाली संस्कृतिलाई अमेरिकासामु पहिचान दिने उदेश्यका साथ परेडको आयोजना गरिएको बोर्ड अफ डाइरेक्टर जनक राज ढुङ्गानाले बताए । परेडमा सहभागीहरु आ आफ्नो संस्कृति र परम्परा झल्कने भेषभूषामा सजिएका थिए ।

सिटीहलबाट सुरु भएको डे परेड स्थानीय मार्केट स्ट्रिटमा जम्मा भएर मनाइएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाली महहावाणिज्य दूत ॠषि ढकाल, विशेष अतिथि एनआरएनएका सभापति अर्जुन बञ्जाडे रहेका थिए ।

परेडलाई अमेरिकी राष्ट्रपति जो बाइडेनका एसियन अमेरिकन सल्लाहकार अजय भुटोरियाले सम्बोधन गरेका थिए । यसका साथै क्यालिफोर्निया राज्यका विभिन्न सिटीका मेयरहरुको समेत सहभागिता थियो ।

परेडमा नेपाली कला संस्कृति झल्कने झाँकी प्रदर्शन र कल्चरल इभेन्टसमेत भएको थियो । नेपाली चर्चिच क्रिकेटर पारस खड्कासमेत डे परेडमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?