जनकारवाहीको हवला दिँदै रवी लामिछानेलाई इटहरीका मेयरको चुनौती !

काठमाडौं । पछिल्लो समय विवादित बनेका इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीले पत्रकारलाई जनकारवाही गर्ने चेतावनी दिएका छन् । 

रवी लामेछानेको कार्यक्रम सिधा कुरा जनतासँग कार्यक्रममा बोल्दै मेयर चौधरीले आफू कम्युनिस्ट पार्टीको कार्यकर्ता भएको भन्दै अब जनकारवाहीको चेतावनी दिएका हुन् । ‘द्वारिकालाल चौधरी कम्युनिस्ट पार्टीको कार्यकर्ता हो । तपाईंको कार्यकर्ता जबर रहेछ भनेर मेरो नेतालाई सुनाइदिनु’, उनले भने, ‘अब जनकारवाही सुरु भइसक्यो । अब कालो मसो दल्छु ।’ 

प्रश्न सोध्दा पत्रकार कृष्णबहाव भट्टराईलाई लोपारेर आलोचित इटहरी उपमहानगरपालिकाका मेयर चौधरीले अर्का पत्रकार विराट अनुपमलाई नाकको हड्डी बाँच्ने चेतावनी दिएका थिए । उनले यसका लागि घडेरी बेचेर एक करोड खर्च गर्ने भन्दै पत्रकारलाई धम्की दिएका थिए । ‘एक करोड मात्रै हैन १० करोड नै खर्चगर्छु’, उनले सिधाकुरा जनतासँगमा भने । 

उनले आफूले सबै कानून जानेको भन्दै नसिकाउन चेतावनी दिए । ‘म गाउँको किसानको छोरो हुँ । गाउँमा कांक्रे चोरलाई मुड्के काफी’, उनले भने, ‘राजनीति गरेको ३० वर्ष भयो । तपाईंहरुले कानून सिकाउनु पर्दैन ।’ उनले बारम्बार पत्रकारलाई लातिले हान्ने भन्दै चुनौतीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?