स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

लोकपथ
0
Shares

रौतहट । स्रोत नखुलेको नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गौर नगरपालिका-१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रूपैयाँसहित राजदेवी नगरपालिका-१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गास्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?