एमजि मोटर्सको नव वर्ष अफर सार्वजनिक

लोकपथ
52
Shares

काठमाडौं । एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ वर्षलाई लक्षित गरेर ग्राहकहरुको लागि ‘नयाँ वर्ष २०८१ को बहार एमजिसँग आकर्षक उपहार’ नामक योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकहरुले ७ लाखसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् । अफर अन्तर्गत एमजिको ईभि मोडलमा ग्राहकहरुले निःशूल्क टायर, ७ किलोवाटको एसि चार्जर, र चालू आर्थिक वर्षको सडक करमा छुट जस्ता विभिन्न फाईदाहरु लिन सक्नेछन् ।

अफरको बारेमा चर्चा गर्दै कम्पनीका प्रतिनिधि भन्छन् : “सुरक्षादेखि डिजाइनसम्म सबै कुराहरुमा उत्कृष्ट एमजिका सबै गाडीहरु (पेट्रोल तथा ईभि)मा अफरको उपलब्धताले ग्राहक महानुभावहरुलाई हाम्रो गाडी किन्नमा थप प्रोत्साहन गर्ने अपेक्षा हामीले राखेका छौं ।”

अहिले नेपालमा एमजि ४ ईभि, जेडएस ईभि, कोमेट ईभि गरी ३ विद्युतिय सवारी र हेक्टर, एचएस, र एसटर गरी ३ ईन्धन/हाइब्रिड सवारीहरु उपलब्ध छन् । यी सबै सवारीहरुमा कम्पनीले फरक फरक अफरहरु उपलब्ध गराएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?