तीनपछि दिनपछि भेटियो जगतको शव

लोकपथ
1.7k
Shares


पोखरा । घरबाट हराएका एक युवकको शव तीन दिनपछि सोमबार सेती नदिमा फेला परेको छ । कास्कीको माछापुच्छ्रे–१ करूवाका २५ वर्षीय जगत पुन मृत फेला परेका हुन् ।

गत शनिबार घरबाट निस्केपछि उनी फर्किएका थिएनन् । नफर्केपछि परिवारले उनको खोजी गरिरहेको थियो । घरदेखि करिब ३ सय मिटर तल पुनले लगाएकामध्ये एउटा चप्पल र कालो रङको झोला भेटिएपछि खोजी सेती नदिको खोंचमा गर्नुपर्ने देखियो ।

वडा प्रहरी कार्यालय बगर, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले करिब १५० मिटरको खोंचमा खोजी गर्दा उनको शव सेती नदीमा ३ मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?