आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, १ घाइते

लोकपथ
455
Shares

काठमाडौं । गुल्मीमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर- १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा घाइते भएका ५८ वर्षीय महले घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको पनि गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?