“ट्राफिक सचेतना विशेष अभियान २०८१” सुरु

लोकपथ
161
Shares


काठमाडौं । ट्राफिक जनचेतना अभिवृद्धिका लागि ट्राफिक प्रहरीले साताव्यापी रुपमा “ट्राफिक सचेतना विशेष अभियान २०८१” आजबाट सुरु गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले काठमाडौंको प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभागृह पानसमा दीप प्रज्वलन गरि औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रमको सुरुवाती क्रममा गृहमन्त्री लामिछाने समेतको उपस्थितिमा आज विहान नेपाल वायु सेवा निगम( NAC)अगाडीबाट शुरु भएको प्रभातफेरी वीर अस्पताल, पुरानो बसपार्क हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सवारी तथा यातायात व्यबस्था ऐन २०४९ लाई समय सापेक्ष रुपमा परिवर्तन गर्नुका साथै ऐनमा देखिएका समस्यालाई समाधान गर्न आफू प्रतिवद्ध रहेको बताए ।

मन्तव्यकै क्रममा गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई नरम बोलीमा कारबाही भने कडा गर्न र आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्न सडकमा खटिने ट्राफिक प्रहरीहरुलाई निर्देशन समेत दिए ।

कार्यक्रममा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, काठमाडौं महानगरपालिकाकी उप(प्रमुख सुनिता डंगोल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृत तथा जिल्ला सुरक्षा समितिका पदाधिकारी यातायात व्यवसायी संघसंस्थामा आवद्ध प्रतिनिधिहरू, हिसान, प्याव्सन तथा एन प्याव्सनका अध्यक्ष तथा प्रतिनिधिहरु र बिभिन्न सञ्चार गृहमा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।

यस कार्यक्रमको मेट्रो ट्राफिक एफ एम ९५.५ मेगाहर्ज र ट्राफिक प्रहरीको आधिकारिक फेसबुकबाट पनि प्रत्यक्ष प्रसारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?