सवारी दुर्घटनामा एक जनाको मृत्यु

लोकपथ
481
Shares


बाँके । सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका-६ गरैचोकस्थित सडकमा भे.११ प ५२२१ नम्बरको मोटरसाइकल र भे.७ प ९२०९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा भे.११ प ५२२१ नम्बरको मोटरसाइकल चालक कोहलपुर नगरपालिका-८ बस्ने ४३ वर्षीय हरी प्रसाद अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका भे.७ प.९२०९ नम्बरको मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?