जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

लोकपथ
78
Shares

दाङ । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ साजखुटी बसन्तखेत बस्ने ६२ वर्षीय मान बहादुर सुनारलाई शुक्रबार विहान प्रहरीले पक्राउ गरेको हो ।

सुनारले ती किशोरीलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?